Logo

ढल्केबर सबस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले भने-लोडसेडिङ इतिहास भइसक्यो, भारत र बंगलादेशलाई बिजुली बेच्ने हैसियतमा पुगिसक्यौ

ढल्केबर सबस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले भने-लोडसेडिङ इतिहास भइसक्यो, भारत र बंगलादेशलाई बिजुली बेच्ने हैसियतमा पुगिसक्यौ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोडसेडिङ इतिहास भइसकेको बताएका छन् । सोमबार धनुषाको ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो सबस्टेशन उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्रीले नेपाल अब भारत र बंगलादेशलाई बिजुली बेच्ने हैसियतमा पुगेको बताए ।

‘आजदेखि ढल्केबर सब स्टेसनको विधिवत उद्घाटन भएको छ। यहाँबाट भारत, इनरुवा, हेटौँडा सबैतिर बिजुली पठाउन सकिन्छ। अब देशलाई नै झलमल बनाउन सकिन्छ’ उनले भने, –‘मैले २०७२ मा पहिलोपटक प्रधानमन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ थियो। फर्पिङबाट विद्युत् उत्पादन भएको १११ वर्ष भइसकेको छ। तर १०५ वर्षसम्म देशमा पिलपिल बिजुली थियो। म प्रधानमन्त्री भएपछि देशबाट घोषणा गरेरै लोडसेडिङ हटायौँ।’

ओलीले अब कहिल्यै लोडसेडिङ नहुने पनि बताए। ‘अहिले कहिले कहिले बिजुली जानु प्राविधिक कुरा हो । अलि अलि जानु प्रावधिक समस्या होनि,’ उनले भने, ‘झ्याप्प बत्ती जाँदा लोडसेडिङ भनिँदैन। २०७५ जेठमै लोडसेडिङ हटाइसक्यौँ। जसलाई जति बिजुली चाहिन्छ त्यति हामी दिन तयार छौँ ।’

उनले अबको केही वर्षपछि देशमा बिजुली किन्नै नपर्ने बताए। प्रधानमन्त्रीले २०७९–८० सालमा पुग्दा कुनै पनि सिजनमा बिजुली किन्नु नपर्ने बताउँदै अब भारत र बंगलादेशलाई बिजुली बेच्ने पूर्व–पश्चिम रेल चलाउने र विकासले फड्को मार्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL