Logo

‘क्याण्डी क्रस’ निर्माता किङ् डिजिटल बेचियो, ६ खर्बको खरिद सम्झौता

‘क्याण्डी क्रस’ निर्माता किङ् डिजिटल बेचियो, ६ खर्बको खरिद सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्व प्रसिद्ध मोबाइल गेम ‘क्याण्डी क्रस’ निर्माण गरेको किङ् डिजिटल इण्टरटेन्मेण्ट बिक्रि भएको छ । अमेरिकी कम्प्युटर गेम निर्माता एक्टिभिजन ब्लिजार्डले करिब ६ खर्ब रूपैयाँमा किङ् डिजिटल खरिद गर्ने सम्झौता गरेको हो । यो सम्झौता पछि क्याण्डी क्रसको व्यवस्थापन अबदेखि एक्टिभिजनले नै गर्नेछ । एक्टिभिजनले ‘वल्र्ड अफ वारक्राफ्ट’ र ‘कल अफ ड्युटी’ जस्ता प्रसिद्ध कम्प्युटर गेम निर्माण गरेको छ ।

यो सम्झौता पछि एक्टिभिजनको आम्दानीमा समेत व्यापक वृद्धि हुने अपेक्षा गरिएको छ । क्याण्डी क्रसका अहिले विश्वभर मासिक ५० करोड सक्रिय प्रयोगकर्ता छन् । एक्टिभिजनले अर्काे कम्पनी ब्लिजार्ड खरिद गरेपछिको यो सबैभन्दा ठूलो सम्झौता हो । त्यतिबेला ब्लिजार्ड खरिद गर्दा एक्टिभिजनले करिब १९ खर्ब लगानी गरेको थियो ।

सन् २०१२ मा पहिलोपटक सार्वजनिक गरिएको क्याण्डी क्रस किङ् इण्टरनेन्मेण्टको आम्दानीको मुख्य स्रोत पनि हो ।

प्रतिक्रिया दिनुहोस्
MBL