Logo

आइएमई जनरल इन्स्योरेन्सको नाफामा छलाङ, प्रतिसेयर आम्दानी दोब्बरभन्दा बढीले वृद्धि

आइएमई जनरल इन्स्योरेन्सको नाफामा छलाङ, प्रतिसेयर आम्दानी दोब्बरभन्दा बढीले वृद्धि



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्नो नाफामा १२५ प्रतिशतको छलाङ मारेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पछिल्लो ६ महिनामा कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको हो । कम्पनीले गत आर्थिक बर्षको सोही अवधिमा ६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पूँजि १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जिवन बीमा कोषमा रकम ४३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रिमियम संकलन गत बर्षको तुलनामा १८ दशमलव ८३ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले यस्तो प्रिमियम संकलन ३० करोड ६२ लाख रुपैयाँ संकलन गरेको थियो । यो बर्ष उक्त संकलन बढेर ३६ करोड ३९ लाख रुपैयाँ पुगेको हो ।

यस्तै कम्पनीले कर्जा लगानीलगायतका शिर्षकहरुबाट ८ करोड ९६ लाख रुपैयाँ बढी आर्जन गरेको छ । तर कम्पनीको दावी भुक्तानी भने यो बर्ष २१ दशमलव ८६ प्रतिशतले घट्दै ९ करोड ७ लाख रुपैयाँ पुगेको छ । चालु आवको पहिलो ६ महिनासम्म कम्पनीले ७२ हजार १ सय २५ ओटा बीमा पोलिसीहरु विक्री गरिसकेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ६६ रुपैयाँ ९४ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL