Logo

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले दिएको जानकारी अनुसार कुल ४ लाख ३३ हजार २७२ परीक्षार्थीमध्ये एक जनाको परीक्षा रद्द भएको छ भने ११ हजार ४९० को स्थगित भएकोे छ।

कोरोना महामारीका कारण यस वर्ष कक्षा १२ को परीक्षा केही महिना ढिलो गरी मंंसिर महिनामा मात्रै सञ्चालन भएको थियो।

यस वर्ष १०० पूर्णाङ्कमध्ये २० प्रतिशत आन्तरिक मूल्यांकन र ४० प्रतिशत ११ को प्राप्तांकको आधारमा अंक दिई बाँकी ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा बोर्डले लिएको थियो।

यो वर्षदेखि कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालय नै लिने व्यवस्था गरिएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्