Logo

कैलाली पुगेर महासंघका वरिष्ठ उपाध्यक्षको उद्घोष, निर्वाचनका समयमा दिएका आश्वाशन पूरा गर्ने समय आएको छ

कैलाली पुगेर महासंघका वरिष्ठ उपाध्यक्षको उद्घोष, निर्वाचनका समयमा दिएका आश्वाशन पूरा गर्ने समय आएको छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको भर्खरै सम्पन्न ५४ औँ वार्षिक साधारणसभाका समयमा दिएका आश्वासन पूरा गर्ने समय आएको बताएका छन् । आइतबार कैलाली उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले महासंघका सबै नेतृत्वले निर्वाचनका समयमा दिएका आश्वासनलाई साँचो अर्थमा पूरा गर्ने समय आएको बताएका हुन् ।

स्थानीय तथा प्रदेश सरकारहरुबीच विकास निर्माणका काममा एकप्रकारको प्रतिष्पर्धा जस्तो रहेको बताउँदै ढकालले स्थानीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य समन्वय गर्न निजी क्षेत्र तयार रहेको बताएका छन् ।

‘स्थानीय र प्रदेश सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्न सक्यो भने मात्र द्रुत विकास सम्भव हुनेछ । तपाईहरुले हामीलाई सहजीकरण गर्नुस् । हामी लगानी ल्याउन तयार छौं,’ उनले भने।
व्यवसायीहरुले पनि स्थानीय र तथा प्रदेश सरकारसँग व्यवसायिक सम्बन्ध विस्तार गर्दै जानुपर्ने उनले बताए ।

‘व्यवसायिक सम्बन्ध मात्र दिगो रहन्छ । तपाईहरुले सम्भावनाका क्षेत्रहरु पहिचान गर्नुहोस् । हामी निजी क्षेत्र तपाईहरुसँग सहकार्यका लागि तयार छौं,’ उनले भने ।

स्थानीय व्यवसायीहरुसँग साझेदारीमा स्थानीयस्तरमा आयोजनाहरु सञ्चालन भइरहेको बताउँदै उनले थप आयोजनाहरुको पहिचान भएमा त्यस्ता सम्भावनायुक्त आयोजनाहरुमा महासंघको तर्फबाट तथा व्यक्तिगत तर्फबाट लगानी जुटाउनका लागि आफूले पहल लिने उनले बताए ।
जिल्ला नगरका समस्याहरु लगभग एकै प्रकारका हुने बताउँदै उनले ति समस्याको समाधानमा महासंघको नेतृत्व जिम्मेवार भएर लाग्ने उल्लेख गरे ।

‘जिल्ला नगरका समस्याहरु प्राय सबै जिल्लाका एउटै किसिमका रहेकाछन् । तपाईहरु आफै त्यसलाई समाधान गर्न सक्षम पनि हुनुहुन्छ । त्यस्ता समस्या महासंघको केन्द्रबाट पनि समाधानका लागि हामीले निर्वाचनका समयमा आश्वासन दिएका थियौं । अहिले ती पुरा गर्ने समय आएको छ,’ उनले भने, ‘हामी हाम्रा आश्वासन पुरा गर्न तत्पर नै छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL