Logo

‘ब्राण्ड फाइनान्स ग्लोबल-५००’ को लिस्ट जारी, एप्पल फेरी बन्यो विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

‘ब्राण्ड फाइनान्स ग्लोबल-५००’ को लिस्ट जारी, एप्पल फेरी बन्यो विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड



काठमाडौं । ‘ब्राण्ड फाइनान्स ग्लोबल–५००’ को लिस्ट जारी गरेको छ । उक्त लिष्टमा एप्पलले एक पटक पुन: विश्वको सबैभन्दा ठुलो ब्राण्ड बनेको छ ।

त्यस्तै पहिलो पटक उक्त सुचीमा सहभागी भएको भारतको रिलायन्स जियो सबै भन्दा ठुलो ब्राण्डको लिस्टको पाँचौं स्थान रहेको छ ।

ब्राण्ड फाइनान्स ग्लोबल ५०० रिपोर्टको थुप्रै क्याटगरीमा जारी हुनेगर्दछ । यसमा सबैभन्दा मुल्यवान ब्राण्डको रुपमा एप्पलले सबै भन्दा अगाडी रहेको छ ।

ब्राण्ड फाइनान्स ग्लोबल ५०० ले १९.२ लाख करोड रुपैयाँ मुल्य भएको एप्पललाई पुन: एक पटक आफ्नो सुचीको शिर्ष स्थानमा राखेको छ । त्यसपछि अमेजन र गुगल रहेका छन् ।

एप्पलले आफ्नो उत्पादन, आइफोन, आइप्याड, म्याक कम्प्युटर र अन्य प्रमुख उत्पादनको निर्माण अब चीनबाट बाहिर शिफ्ट गर्ने भएको छ ।

एप्पलले भियतनाम र भारतलाई नयाँ म्यान्युफेक्चरिंग सेन्टर बनाउन सक्ने बताइएको छ । इन्टरनेशनल बिजनेस म्याग्जीन निक्केई एशियाले आफ्नो एक रिपोर्टमा यस सम्भावना व्यक्त गरेको छ ।

यस बाहेक, रिपोर्टमा जियो टेलिकम सेक्टरमा ब्राण्ड मुल्यको हिसाबले सबै भन्दा तिब्र रुपमा अगाडी बढिरहेको ब्राण्ड मुल्य भएको ब्राण्ड भएको बताइएको छ ।

ब्राण्ड फाइनान्सद्वारा घोषणा गरिएको अनुसार, सबै भन्दा शक्तिशाली ब्राण्ड वी च्याट हो जसमा सय मध्ये ९५.४को ब्राण्ड स्ट्रेन्थ इन्डेक्स (बीएसआइ) स्कोर प्राप्त गरेको छ । 

अटो क्षेत्रको सबैभन्दा ठुलो ब्राण्ड फेरारी दोश्रो स्थानमा रहेको छ, रुसी बैंक सबेर र कोका कोला विश्वमा तेश्रो र चौंथो ठुलो ब्राण्ड रहेको छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL