Logo

धितोपत्र बोर्डको संचालक समितिमा चन्द्रप्रसाद ढकाल चयन

धितोपत्र बोर्डको संचालक समितिमा चन्द्रप्रसाद ढकाल चयन



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को संचालक समितिमा नेपाल उद्योग वािणज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चयन भएका छन् । महासंघको उपाध्यक्षलाई सेबोनको संचालक समितिमा चयन गर्ने प्राबधान रहेको छ । सोही अनुरुप ढकाल संचालक समितिमा चयन भएका हुन् ।
यसअघि सेबोनको बोर्ड अफ डाइरेक्टरमा वरिष्ठ उपाध्यक्षको हैसियतले शेखर गोल्छा थिए । गोल्छा महासंघको अध्यक्ष बनेसँगै उक्त पद रिक्त रहेको थियो । सोही अनुरुप ढकाललाई संचालक समितिमा चयन गरेको सेबोनले जानकारी दिएको छ । ढकालको नियुक्तीसँगै आगामी दिनमा संस्थाले थप गति लिने सेबोनको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL