Logo

साताको अन्तिम दिन नेप्सेमा करेक्सन, कारोबार रकमले तोड्यो रेकर्ड

साताको अन्तिम दिन नेप्सेमा करेक्सन, कारोबार रकमले तोड्यो रेकर्ड



काठमाडौं । लामो समयदेखि उकालो लागेको नेप्से परिसुचकमा साताको अन्तिम दिन गिरावट आएको छ । बिहीबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १६.५५अंकले गिरावट आएको छ ।

दोहोरो अंकले घटेको बजारमा प्रायःजसो समुहको परिसुचक घटेका छन् । तर दोहोरो अंकले घटेको बजारमा निर्जीवन बीमा समुहको परिसुचक सबैभन्दा बढी ४१० अंकले बढेको छ । यसैगरी बजारमा उत्पादनमुलक समुहको परिसुचक १६७ अंकले बढ्दा ८७ अंकले बढ्न पुगेको छ ।

ओरालो लागेको बजारमा बजारमा प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक घट्न पुगेको छ । सो समुहको परिसुचक ४१ अंकले घट्दा विकास बैंक समुहको परिसुचक ४३ अंकको गिरावट आएको छ ।
यसैगरी बजारमा होटल समुहको परिसुचक ४२ अंकले ओरालो लाग्दा होटल समुहको परिसुचक २६ अंकले घट्न पुगेको छ ।

घट्दो बजार कारोबार रकमले भने रेकर्ड तोडेको छ । आज बजारमा सबैभन्दा बढी ९ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ । यस अघि बजारमा सबैभन्दा बढी ९ अर्ब ३७ करोड रुपैयाँ सेयर कारोबार भएको छ ।

बिहीबार बजारमा सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्सको ५६ करोड ६३ लाख रुपैयाँ सेयर खरिदबिक्री भएको छ भने नेपाल रिइन्स्योरेन्स र हिमालयन डिस्टीलरीको साढे ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २०९ कम्पनीको २ करोड २१ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL