Logo

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली बजारमा साताको पाँचौं दिन आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज प्रतितोला १ सयले घटेको हो । आइतबार ३ सयले घटेको थियो भने सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो ।

गत हप्ता आइतबार सुन ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो । विहिबार सुनको मूल्य ६ सयले बढेको थियो । यस्तै शुक्रबार २ सयले घटेको थियो ।

आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ । चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार २४५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL