Logo

सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क, धेरै हुनेमा साउथ सुडान, नेपाल एक सय १७ औं स्थानमा

सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क, धेरै हुनेमा साउथ सुडान, नेपाल एक सय १७ औं स्थानमा



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआइ) रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टअनुसार सन् २०२० मा सबैभन्दा बलियो सुशासन भएको देशहरूमा डेनमार्क, न्यूजील्याण्ड, फिनल्याण्ड, सिंगापुर, स्वीडेन र स्वीजरल्याण्ड परेका छन् । १ सय अंकमा डेनमार्क र न्यूजील्याण्डले समान ८८ अंक पाएका छन् ।

त्यस्तै, फिनल्याण्ड, सिंगापुर, स्वीडेन र स्वीजरल्याण्डको समान ८५ अंक छ । सन् २०१९ मा न्यूजील्याण्ड, डेनमार्क, फिनल्याण्ड, स्वीजरल्याण्ड, सिंगापुर, स्वीडेन, नर्वे, नेदरल्याण्डस्, लक्जमबर्ग र जर्मनी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा थिए । गत वर्ष पाँचौ नम्बरमा रहेको सिंगापुर यो वर्ष चौथो नम्बरमा उक्लिएको छ ।

ट्रान्सपरेन्सीले सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचिमा क्रमशः साउथ सुडान, सोमालिया, सिरिया, यमन र भेनेजुयला छन् । अघिल्लो वर्ष सोमालिया, साउथ सुडान, सिरिया, यमन र अफगानिस्तान सबैभन्दा धेरै भ्रष्टाचार हुने पाँच देशमा परेका थिए ।

नेपाल १ सय ८० देश मध्ये एक सय १७ औं स्थानमा परेको छ । सन् २०१९ मा नेपाल ३४ अंकसहित एक सय ११३ स्थानमा थियो । पछिल्लो वर्ष नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सीको रिपोर्टले देखाएको छ ।

छिमेकी देश भारत गत वर्ष ८० औं स्थानमा रहेकोमा यो वर्ष ८६ स्थानमा खस्केको छ । चीनले गत वर्ष भन्दा दुई स्थान सुधार गरी ७८ औं स्थानमा उक्लिएको छ । गत वर्ष चीन पनि ८० औं स्थानमा थियो ।

जर्मनीमा मुख्य कार्यालय रहेको ट्रान्सपरेन्सी इन्टरनेशनललेसन् १९९५ देखि यस्तो रिपोर्ट प्रकाशन गर्दै आएको छ । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम लगायतको रिपोर्टलाई आधार मानेर ट्रान्सपरेन्सीले यस्तो सूचकांक बनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL