Logo

बेलायतमा फेला परेको नयाँ प्रजातिको कोरोनाले गतसाता सबैभन्दा धेरैको ज्यान लियो, ७० देशमा फैलिएको डब्लूएचओको दाबी

बेलायतमा फेला परेको नयाँ प्रजातिको कोरोनाले गतसाता सबैभन्दा धेरैको ज्यान लियो, ७० देशमा फैलिएको डब्लूएचओको दाबी



काठमाडौं । बेलायतमा फेला परेका कोरोना भाइरसको नयाँ प्रजाति ७० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । आफ्नो साप्ताहिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा  विश्व स्वास्थ्य संगठनले यस्तो जानकारी दिएको छ । 

पुरानो भाइरसभन्दा बढी खतरनाक रहेको भन्दै थथ सतर्कता अपनाउन  विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सुरुमा तीब्र गतिमा नयाँ प्रजातिको भाइरस फैलिएको युरोपका बेलायत, डेनमार्क, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका मुलुकमा संक्रमण दर घट्न थालेको छ । 

पहिलेको तुलनामा संक्रमणको दर गतसाता १५ प्रतिशतले घटेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार 

गतसाता विश्वभर करिब ४१ लाख संक्रमित थपिएका छन् । गतसाता कोरोनाले सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL