Logo

कोरोनाविरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशक डा राजभण्डारीले लगाए पहिलो खोप

कोरोनाविरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशक डा राजभण्डारीले लगाए पहिलो खोप



काठमाडौं । कोरोनाविरुद्धको खोप अभियान आजदेखि शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रमबाट खोप अभियानको शुभारम्भ गरेका हुन् ।

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् ।

कोरोनाविरुद्धको खोप सुरक्षित रहेको सन्देश दिन पहिलो खोप आफुले लगाएको डा. राजभण्डारीले बताएका छन् ।

भारत सरकारले अनुदानमा दिएको सीरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाको सहकार्यमा बनाएको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।

खोपको पहिलो दिन १२ हजार जनालाई खोप लगाइने स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन् । पहिलो चरणको खोप अभियान १० दिनमा सकिने मन्त्री त्रिपाठीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL