Logo

भन्सार प्रशासन सहज बनाउन चेम्बरको माग, आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिन आग्रह

भन्सार प्रशासन सहज बनाउन चेम्बरको माग, आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिन आग्रह



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यापार सहजीकरणसँगै अर्थतन्त्र चलायमान हुनुपर्ने बताएका छन् । उनले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ६९ औं भन्सार दिवसको अवसरमा बोल्दै अबका दिनमा आर्थिक गतिविधि अत्याधिक रुपमा बढ्ने, व्यापार सहजीकरण सहज ढंगले भएमा र उपभोक्ताको संरक्षण भएमा राजस्व संकलन स्वतः स्फूर्त रुपमा बढ्ने बताए । उनले भन्सार सेवालाई प्रभावकारी बनाउन प्रविधिमैत्रि सेवामा विशेष जोड दिईएको जानकारी दिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना महामारीजस्तो संकटबाट बच्न व्यवसायी तथा उद्योगीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको बताए । उनले मुलुकको उन्नति र रोजगारी अवसरको सिर्जना गर्न निजी क्षेत्रको आवश्यकता हुने भएकाले मनोबल बढाईराख्नुपर्ने जानकारी दिए । उनले आयात निर्यातलाई प्रवद्र्धन गर्न कारोबार मूल्यलाई मान्यता दिनुपर्नेसमेत उल्लेख गरेका छन् ।

साथै उनले अग्रपंक्तिमा खटिएका निजी क्षेत्रका व्यवसायीहरुलाई कोरोना विरुद्धको खोपको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका बोल्दै अर्थसचिव शिशिर ढुंगानाले कोरोना महामारीमा पनि राजस्व संकलनमा सहयोग पुर्याउने निजी क्षेत्रलाई धन्यवाद दिएका छन् । उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र पनि सकारात्मक दिशातर्फ गईरहेको बताए ।

साथै भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनलाई चुस्त र दुरुस्त बनाउन भन्सार पूर्वाधार निर्माणसँगै प्रविधिको भरपुर प्रयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL