Logo

भन्सार सेवा र पूर्वाधार सुधारलाई गतिदिन परिसंघको आग्रह, विभागको जवाफ : आधुनिकिकरणलाई तीब्रता दिएका छौं

भन्सार सेवा र पूर्वाधार सुधारलाई गतिदिन परिसंघको आग्रह, विभागको जवाफ : आधुनिकिकरणलाई तीब्रता दिएका छौं



काठमाडौ । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकिकरणको काम तिब्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि तयार रहेको बताएको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मुल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको जानकारी गराए ।

महानिर्देशक दाहालले  विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको पनि उल्लेख गरे । भन्सार एजेण्टको संख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णत दिइने पनि महानिर्देशक दाहालले जानकारी दिए । भन्सार पूर्वाधार तथा नाकाहरुमा बन्दै गरेका एकीकृत चेक पोष्टको सुधारमा सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै महानिर्देशक दाहालले सहकार्यका लागि परिसंघलाई आग्रह समेत गरे । 

अन्तरक्रियाको सुरुवात गर्दै परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पुर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै तत्काल ध्यान दिनु पर्ने केही मूलभूत विषयहरुमा ध्यानाकर्षण गराए । करिब २५ वर्ष यतादेखि भन्सार एजेण्ट थप नभएकाले इजाजतपत्र तत्काल खुला गरि एजेण्टको संख्या बढाउन पनि का.वा अध्यक्ष अग्रवालले आग्रह गरे । यस्तै डिजिटल भन्सार प्रशासनको माग दोहोर्याउँदै व्यवहारमा नै कागजातविहिन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीहरुलाई झन्झट बिनाको जाँचपासको परिपाटी अवलम्बन पनि अग्रवालले आग्रह गरे ।  

यसैगरि भन्सारमा मूल्याङ्कन गर्दा अझै पनि प्रत्यक्ष अप्रत्यक्षरुपमा कृत्रिम सन्दर्भ मूल्यलाई आधार मानेर गर्ने गरिएकोले मूल्याङ्कनको यथार्थपरक डेटा वेस निर्माण गरि पारदर्शी र अनुमान योग्य मूल्याङ्कन प्रणालीको स्थापना गर्न सकेमा भन्सारको छवि सुधार हुने तर्फ पनि अग्रवालले ध्यानाकर्षण गराए । भन्सार पुर्वाधारहरु नयाँ बने पनि नयाँ पूर्वाधारमा कार्गो पार्किङ यार्ड तथा डर्टी कार्गो व्यवस्थापन गर्ने स्थान पनि उपलब्ध नभएकाले नयाँ बन्ने भैरहवा, नेपालगञ्ज, उत्तरी सीमा तथा काठमाण्डौ चोभारको व्यापार सहजीकरण अनुकूल सुविधा सम्पन्न पुर्वाधारको शीघ्र निर्माणका लागि पनिका.वा.अध्यक्ष अग्रवालले आग्रह गरे ।

अन्तरक्रियामा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले व्यापार प्रवद्र्धनका लागि नेपाल ट्रेड इन्फरमेशन पोर्टल सुरु गर्न लागेको जानकारी गराउँदै थप सहकार्यका लागि निजी क्षेत्रलाई आग्रह गरे । कार्यकारी निर्देशक राणाले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्ने तर्फ काम अघि बढाउन परिसंघसँग सहकार्यको प्रतिबद्धता पनि जनाए । 

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्रमान सिंहले उत्पत्तिको प्रमाण पत्र जारी गर्ने नयाँ कार्यविधि, जिएसपि तथा रेक्स प्रणालीका बारेमा प्राविधिक जानकारी समेटेर प्रस्तुतिकरण गरे । अतिकम विकसित देशकोरुपमा नेपालले प्राप्त गरेका व्यापार सहुलियतबाट निकासीकर्ता तथा व्यवसायीहरुले फाइदा िलन सक्ने र यसले नेपालको निर्यातमा गुणात्मक अभिवृद्धि हुनसक्ने उपनिर्देशक सिंहको भनाइ थियो । 

अन्तक्र्रियाका सहभागीहरुलाई धन्यवा दव्यक्त गर्दै परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भन्सार पुर्वाधार तथा सेवामा भएका सुधारको स्वागत गर्दै वस्तु उत्पादनको लागत कम गर्ने र निकासीकर्तालाई थप सहुलियत दिन सकेमात्र निर्यातको अंश बढाउन सकिने बताए ।

नेपाल सरकारको सहयोगमा परिसंघले चितवनमा निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलको उपयोगका लागि निकासी तथा व्यापार प्रवद्र्धन केन्द्रले देखाएको चासोबाट उत्साहित भएको भन्दै उपाध्यक्ष अधिकारीले सहकार्यका लागि केन्द्रलाई आग्रह गरे । अन्तक्र्रियामा परिसंघका उपाध्यक्षहरु सुलभ अग्रवाल र विरेन्द्रराज पाण्डे सहित आयात निर्यात व्यापारमा संलग्नव् यवसायीहरुको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्
MBL