Logo

मंगलबार बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ८ सयमा कारोबार हुँदैं

मंगलबार बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ८ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सयले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ ।

त्यसैगरी मंलबार चाँदीको मुल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १२ सय ५५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL