Logo

नेपाल भ्रष्टाचार व्याप्त राष्ट्रको सूचिमा, १ सय ७५ देशमध्य १ सय २६ औं स्थानमा

नेपाल भ्रष्टाचार व्याप्त राष्ट्रको सूचिमा, १ सय ७५ देशमध्य १ सय २६ औं स्थानमा


रक्षा रेग्मी
0
Shares

विश्वका भ्रष्टाचार व्याप्त राष्ट्रहरुको सूचिमा नेपाल यस वर्ष पनि सूचिकृत भएको छ । अनियमितता तथा भ्रष्टाचारको अनुगमन गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्ट अनुसार भ्रष्ट राष्ट्रहरुको सूचिमा नेपाल २९ अंकका साथ १ सय २६ स्थानमा छ ।

नेपाल १ सय ७५ देशमध्य १ सय २६ औं स्थानमा परेको हो । गत बर्ष नेपालले ३१ अंक ल्याएको थियो । यसरी हेर्दा नेपालमा अघिल्लो बर्षभन्दा भ्रष्टाचार बढेको देखिन्छ ।

भ्रष्टाचारसम्वन्धि सुचांकअनुसार विश्वको सबैभन्दा भ्रष्ट राष्ट्रमा सोमालिया र दक्षिण कोरिया रहेका छन् । यी दुवै राष्ट्रले ८८ अंक प्राप्त गरेका छन् । त्यस्तै सुडान ११ अंक, अफगानस्थान १२ र दक्षिण सुडान १५ अंक ल्याएर भ्रष्ट देशको सुचिमा रहेको छ ।

ट्रान्सपरेन्सी इण्टरनेशनलले राष्ट्रको सार्वजनिक निकायमा भएको भ्रष्टाचार तथा अनियमिततालाई विषय बनाएर सूचिकृत गरेको हो । जसअनुसार सवैभन्दा बढी भ्रष्ट लाई शून्य र स्वच्छ छवि भएकालाई लाई १ सय अंक दिने व्यवस्था गरिएको थियो । १ सय ७५ देशमध्ये कुनैले पनि १ सय वा शून्य अंक प्राप्त गरेको देखिदैन ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार १ सय ७५ देशमध्ये डेनमार्क सबैभन्दा कम भ्रष्ट राष्ट्रको सूचीमा पर्छ । डेनमार्क ९२ अंक ल्याएर पहिलो स्थानमा छ ।

त्यस्तै ९१ अंक ल्याएर न्यूजिल्याण्ड दोश्रो स्थानमा छ भने फिनल्याण्ड र स्वीडेन क्रमशः ८९ र ८७ अंक ल्याएर तेस्रो र चौथो स्थानमा छन् । त्यसैगरी स्वीजरल्याण्ड र नर्वे ८६ अंक लयाएर पाँचौं स्थानमा रहेका छन् ।
१ सय २० ओटा राष्ट्रले ५० भन्दा कम अंक ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL