Logo

कोरोनाको नयाँ प्रकारविरुद्ध मोडेर्नाको खोपले काम गर्ने, कोरोना उन्मुलनको आशा बढ्यो

कोरोनाको नयाँ प्रकारविरुद्ध मोडेर्नाको खोपले काम गर्ने, कोरोना उन्मुलनको आशा बढ्यो



काठमाडौं । अमेरिकी औषधी उत्पादक मोडेर्नाका वैज्ञानिकहरूले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको जनाएका छन् ।

उक्त कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो ।

थप अध्ययनहरू भने सो खोप लगाएका मानिसहरूमै जाँचमार्फत् गर्नुपर्ने बताइएको छ । दक्षिण अफ्रिकामा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकारका लागि उसले दोस्रो बुस्टर थप गर्ने जनाएको छ ।

कस्तो प्रकार ?
सुरुमा यूके र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको चाहीँ पहिलेको भन्दा केही घातक हुने प्रारम्भिक अध्ययनहरूमा देखिएको छ । कोभिडका यी नयाँ प्रकार द्रूत गतिमा कैयन् देशमा फैलिसकेका छन् ।

भाइरसमा यतिखेर देखा परेका विभिन्न बदलाव वा स्वरूप परिवर्तनले मानव कोशिकालाई महामारीको सुरुवाती समयमा भन्दै बढ्ता सहजै सङ्क्रमित पार्नसक्ने देखिएको छ । सेप्टेम्बर महिनामा यूकेबाट फैलिएको उक्त नयाँ प्रकार ७० प्रतिसतसम्म थप सङ्क्रामक पाइएको विज्ञहरू बताउँछन् ।

यतिखेर तयार रहेका खोपहरू भाइरसको सुरुवाती प्रकारका बेला तयार पारिएका हुन् । तर वैज्ञानिहरूले त्यसले नयाँ प्रकारको भाइरसलाई समेत काम गर्ने विश्वास गरे तापनि उत्तिकै क्षमतामा गर्छरगर्दैन भन्ने थाहा हुन बाँकी छ ।

परीक्षण
केही सुरुवाती नतिजाका आधारमा फाइजरको खोपले नयाँ यूके-भेरियन्टबाट जोगाउने देखाएको छ । मोडेर्नाको अध्ययनका लागि अनुसन्धानकर्ताहरूले उसको खोपका दुवै खेप लगाइसकेका आठजना मानिसहरूबाट लिइएको रगतको नमूनालाई जाँचेका थिए ।

उनीहरूको निष्कर्षको वैज्ञानिक जगतमा समीक्षा हुन बाँकी रहे तापनि त्यो नयाँ प्रकारको भाइरससँग प्रतिरोधी रहेको देखिएको हो । शरीरको प्रतिरोधी प्रणालीले तयार पार्ने भाइरसलाई निस्क्रिय पार्ने तत्वका कारण भाइरसहरू मानव कोशिकामा प्रवेश गर्न पाउँदैनन् । नयाँ प्रकारको सम्पर्कमा आएका रगतका नमूनामा भाइरसलाई निस्क्रिय पार्ने पर्याप्त एन्टीबडी देखा परेको हो ।

तर त्यो दक्षिण अफ्रिकाबाट देखा परेको प्रकारका हकमा भने यूके-प्रकारजत्तिको बलियो पाइएको थिएन । मोडेर्नाले भनेको छ- त्यसको अर्थ दक्षिण अफ्रिका(भेरियन्टका हकमा भने भाइरसबाट बचाउने क्षमता छिट्टै हराउन सक्छ । तेस्रो खेप बुस्टर खोप दिनु कत्तिको लाभदायक छ भन्ने यतिखेर मोडेर्नाले जाँचिरहेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्