Logo

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य १२ सय ६० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL