Logo

आज काठमाडौंका यी स्थानमा विद्युत कटौती हुने, यस्तो छ कारण

आज काठमाडौंका यी स्थानमा विद्युत कटौती हुने, यस्तो छ कारण



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज शनिवार पनि काठमाडौँ र भक्तपुरका केही स्थानमा विद्युत कटौती गर्दैछ ।

काठमाडौँको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको बासबारी फिडरमा पर्ने कपनमार्गमा ट्रान्सफर्मर मर्मत गर्नुपर्ने भएकाले सो क्षेत्रमा विद्युत कटौती हुने भएको हो ।

सो वितरण केन्द्र अन्तर्गतका महाराजगञ्ज, कपनमार्ग, पिपलवोट, मण्डिखाटार, रुद्रमति फाँट, तथा गंगालाल क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

ट्रान्सफर्मर मर्मतको काम छिटो सकिए तोकिएको समय अगाबै बत्ती आउने जनाउँदै प्राधिकरणले सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL