Logo

शुक्रबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालमा सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य घट्दै आज प्रतितोला १ हजार २ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL