Logo

आजबाट लाइसेन्सको कोटारहित अनलाइन फारम दर्ता खुला, एसएमएस सेवा भने बन्द रहने

आजबाट लाइसेन्सको कोटारहित अनलाइन फारम दर्ता खुला, एसएमएस सेवा भने बन्द रहने



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुममति पत्रका लागि शुक्रबारबाट कोटारहित अनलाइन दर्ता फारम खुला भएको छ । यसअघि कोटा तोकेर २४ पुसदेखि अनलाइन फारम दर्ता खोलेको थियो ।

विभागले खोलेको अनलाइन फारममा सर्भर डाउनलगायतका समस्याका कारण धेरै सेवाग्राहीले हैरानी व्यहोर्नुपरेको थियो । कोटाका कारण धेरैले फारम भर्न नसकेको गुनासो बढेपछि विभागले यस्तो नयाँ व्यवस्था गरेको हो ।

विभागका निर्देशक डा लोकनाथ भुसालका अनुसार अब अनलिमिटेड रुपमा अनलाइन फारम दर्ता खोलिएको हो । त्यस्तै, हालसम्म अनलाइन फारम भर्न सेवाग्राहीले नियमित रुपमा प्राप्त गरिहेको एसएमएस सेवा भने प्राविधिक कारणले केही समयका लागि बन्द रहने पनि उनले जानकारी दिएका छन् ।

एसएमएस सेवा सुचारु नहुँदासम्मका लागि अनलाइन प्रणालीबाट प्राप्त हुने अटोमेटिक जेनेरिटेड नम्बर अर्थात् रजिष्ट्रेसन नम्बर सुरक्षित गरी तोकिएको मितिमा कार्यालयमा सम्पर्क गर्न समेत उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL