Logo

निजी क्षेत्रको लगानी विस्तार हुँदा मात्र देशले छोटै सयममा आर्थिक विकास गर्न सम्भव : वरिष्ठ उपाध्यक्ष ढकाल

निजी क्षेत्रको लगानी विस्तार हुँदा मात्र देशले छोटै सयममा आर्थिक विकास गर्न सम्भव : वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य, निजी क्षेत्रको सहकार्य र साझेदारीमा मात्र द्रुत विकास सम्भव हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को पदस्थापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । मलेसियाले छोटै समयमा विकास गरेका उदाहरणहरू प्रस्तुत गर्दै त्यहाँ राज्यले निजी क्षेत्रलाई बिना लगानीको पार्टनरका रुपमा लिएकाले राज्यलाई २५÷३० प्रतिशत कर्पोरेट लगायतको कर प्राप्त भएको उनको भनाई थियो । उनले यसरी निजी क्षेत्रको लगानी विस्तार हुँदा देशले पनि छोटै सयममा आर्थिक विकास गर्न सम्भव भएको बताए ।

ढकालले निजी क्षेत्रलाई राज्यको बिना लगानीको साझेदारका रुपमा लिन आग्रह गर्दै नेपालमा पनि पूँजी तथा लगानीको समस्या नभई लगानीमैत्री वातावरणको समस्या रहेको औंल्याए । ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने बताए ।

‘जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन र निजी क्षेत्रका समस्याहरुको सम्बोधनका लागि तत्पर हुँदैन, तबसम्म मुलुकमा सही रुपमा व्यावसायिक वातावरण बन्न सक्दैन ।’ वरिष्ठ उपाध्यक्ष ढकालले भने । हाल देशमा पूँजीका कारण अर्थात पैसाका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था नभएको उनको भनाई छ ।

कुनै एक सानो कम्पनीको आइपिओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्ने गरेको उदाहरण दिँदै जनतासँग धेरै पूँजी भएको र त्यसलाई एकिकृत गर्नुका साथै लगानीको वातावरण पनि तयार गर्नुपर्नेमा जोड दिएका छन् ।

उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि ठूलो लगानीका लागि वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL