Logo

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९३ हजार १ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लागेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य बढ्दे आज प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL