आतंकी संगठन आईएसआईएसले रसियन यात्रुबाहक विमान आफुले खसालेको दावी गरेको छ । समुहले भिडियो सार्वजनिक गर्दै विमान आफुले खसालेको दावी गरेको हो ।
इजिप्टको शर्म(अल(शेखबाट रूसको सेन्ट पिट्सवर्ग गइरहेको रसियन यात्रुबहाक विमान शनिबार दुर्घटना ग्रस्त हुँदा २ सय २४ जनाले ज्यान गुमाएका थिए ।
यता, इजिप्टका प्रधानमन्त्री शरीफ इस्माइलको कार्यालयले दुर्घटनाग्रस्त विमानको तस्विरहरू शनिबार राति सार्वजनिक गरेको छ । इजिप्टका प्रधानमन्त्री शरीफ इस्माइलले दुर्घटनास्थलको अवलोकन समेत गरेका छन् ।
आईएसआईएसले जारी गरेको भिडियोमा एक विमान जमिनमा खसिरहेको देखाईएको छ । भिडियोमा विमानबाट धुँवा निस्किरहेको पनि देखिएको छ । तर यता रूसले भने आईएसआईएसको यो दावीलाई सही मान्न नसकिने बताएको छ । जहाज रेड सि रिसोर्टबाट उडेको २३ मिनेटपछि हराएको रिपोर्ट आएको थियो । एजेन्सी