Logo

कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सव, सम्बोधन गर्दै अर्थमन्त्रीले भने-देशका आर्थिक सूचक सकारात्मक छन्

कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सव, सम्बोधन गर्दै अर्थमन्त्रीले भने-देशका आर्थिक सूचक सकारात्मक छन्



काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताएका छन् ।

बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ को कारण राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकुलता रहेपनि अन्य क्षेत्रमा आर्थिक सुचकहरु सकारात्मक रहेको बताए ।

उनले कोभिड १९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशिल, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको जानकारी दिए । मन्त्री पौडेलले नेपाल कोभिडविरुद्द सहि नीति, सहि योजना र प्रभावकारी कार्यान्वयनका साथ अघि बढेको भन्दै छिटोभन्दा छिटो कोभिडविरुद्दको भ्याक्सिन आयात गरेर आम नागरिकलाई निशुल्क उपलब्ध गराउने बताए । पहिले फ्रन्टलाइनबाट शुरु गरेर क्रमशः आम नागरिकमा पुर्याउने उनको भनाई छ ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गर्भनर माहाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागू गरेको र वित्तिय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकोले बढीभन्दा बढी विद्युतिय कारोबार होस् भन्ने हिसाबले त्यसतर्फ राष्ट्र बैंक अघि बढेको बताए ।

यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उनको भनाई छ । कृषिमा आधुनिकिकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उनको भनाई छ ।

कृषि विकास बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्चमुल्य प्राप्त हुने फलफुलमा कर्जा बिस्तार गर्ने बताए । बैंकको गाई भैंसी फार्ममा पनि लगानी बिस्तार गर्ने योजना रहेको उनको भनाई छ । बैंकले उत्पादन र उत्पादकत्व बढाउने तर्फ काम गर्ने उनले बताए । कृषि विकास बैंक लिमिटेडले बुधबार ५४ औँ वार्षिकोत्सव मनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL