Logo

कोरोना खोपका लागि भारतको प्राथमिकतामा नेपाल, १ करोड डोज खोप निशुल्क दिने

कोरोना खोपका लागि भारतको प्राथमिकतामा नेपाल, १ करोड डोज खोप निशुल्क दिने



काठमाडौं । भारतले नेपालसहितका आफ्ना छिमेकी राष्ट्रहरुलाई प्राथमिकतामा राखेर कोरोना खोप उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका छिमेकीलाई सीमित संख्यामा कोरोना खोपको डोज दिने निर्णय गरेको हो।

भारतले नेपाल, अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र मौरिसस लाई १० मिलियन डोज खोप कोरोना खोप उपलब्ध गराउने भएको हो । सो खोपको पहिलो खेप केही सातामै नेपाल आउने बताइएको छ ।

भारतबाट नेपालले १ करोड डोज कोरोना खोप निःशुल्क पाउने भएको छ । त्यस्तै, भुटानलाई एक करोड, बंगलादेशले भने २ करोड डोज खोप दिन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त खोप भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL