काठमाडौं । ग्याँस उद्योगीहरुले आज ४ प्रकारका ग्याँस वितरण गरिरहेका छन् । अहिले एसटीसी, एचपी, एभरेष्ट र सिद्धार्थ ग्याँस वितरण भइरहेको नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए । ‘आज अरु कम्पनीको ग्याँस पनि विक्री गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘ग्याँसको बुलेट नै नआइपुगेकोले वितरण गर्न सकिएन् ।
आज ४ वटा कम्पनीको झण्डै ३० हजार सिलिण्डर ग्याँस वितरण गरिने भएको छ । उपत्यकामा ग्याँसको चरम अभाव भएपछि व्यवसायीले साधा सिलिण्डर (७ दशमलव १ किलो ग्राम) ग्याँस वितरण गरिरहेका छन् । सर्वसाधारणले उक्त ग्याँस ७ सय रुपैयाँमा पाउनेछन् । ती ग्याँसहरु साविकका सम्बन्धित विक्रेता मार्फत वितरण भइरहेको समेत घिमिरेले जानकारी दिए ।
हाल भारतीय नाकाबाट ग्याँसका बुलेट भित्रने क्रम बढेको र आगामी दिनमा ग्याँस वितरणमा सहजता हुने उनको भनाइ छ ।