Logo

बेलायतबाट शुरू भएको नयाँ प्रजातिको कोरोना भाईरस नेपालमा पनि भित्रियो, सजग रहन स्वास्थ्य मन्त्रालयको आग्रह

बेलायतबाट शुरू भएको नयाँ प्रजातिको कोरोना भाईरस नेपालमा पनि भित्रियो, सजग रहन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । नेपालमा ३ जनालाई बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै बेलायतबाट आएका ३ जना नेपालीलाई उक्त नयाँ प्रकारको कोरोनाको भाईरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

केहिदिनअघि बेलायतबाट आएका ६ जनाको नमुना परिक्षण गर्दा ३ जनाको एस जेने नेगेटिभ आएको र सोहीअनुसार ३ जनाको परिक्षणका लागि हङकङ पठाईएको थियो । हङकङबाट हालै मन्त्रालयको ईमेलमा ३ जनालाई नयाँ प्रकारको कोरोना भाईरस संक्रमण पुष्टि भएको प्रतिवेदन पठाएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नयाँ प्रकारको कोरोना संक्रमितमा २८ बर्षिय महिला, ६७ र ३२ बर्षिय पुरुष रहेका छन् । हाल संक्रमण देखिएकामध्ये २८ बर्षिय महिला र ३२ बर्षिय पुरुषको पीसीआर नेगेटिभ आईसकेपनि ६७ बर्षिय पुरुषमा भने पोजेटिभ पाईएको छ । तर उनलाई लक्षण भने कुनै देखिएको छैन । मन्त्रालयले नयाँ प्रकारको भाईरस नेपाल पनि भित्रिसकेको हुनाले सजगता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले नेपालमा कोरोना भाईरस विरुद्धको भ्याक्सिन उपलब्ध नभएकाले भ्याक्सिन उपलब्ध हुँदासम्म सामाजिक दुरी, मास्कको प्रयोग, सेनिटाईजरको प्रयोगलगायतमा विशेष ध्यान पुर्याउन आग्रह गरेको हो ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्
MBL