Logo

नेपाल विद्युत प्राधिकरणले निकाल्यो जुम्लामा लोडसेडिङको तालिका, काठमाडौंमा के होला ?

नेपाल विद्युत प्राधिकरणले निकाल्यो जुम्लामा लोडसेडिङको तालिका, काठमाडौंमा के होला ?



काठमाडौं । जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले एक सूचना प्रकाशित गरेर लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

अब हरेक दिन विहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ । लोडसेडिङको समुह ‘क’ मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल रहेको छ ।

समुह ‘ख’ अन्तरगत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ, बसपार्क रहेको छ । हरेक साता समुह परिवर्तन हुने जुम्ला वित्तरण केन्द्रले जनाएको छ । जुम्लाले साना जलिविद्युत आयोजनाको विद्युत प्रयोग गर्दै आएको छ ।

प्राधिकरणले काठमाडौंलगायत देशका कुनै पनि भूभागमा अब प्राविधिक कारणले मर्ममतका समयमा लोडसेडिङ नगर्ने केही दिन अघिमात्र विज्ञपित निकालेर जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL