Logo

सोमबार सुनको मूल्य प्रतितोला २ सयले ओरालो लाग्यो, चाँदीको मूल्य स्थिर

सोमबार सुनको मूल्य प्रतितोला २ सयले ओरालो लाग्यो, चाँदीको मूल्य स्थिर



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । आईतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै ९१ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो १ हप्तादेखि नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य तलमाथी भईरहेको छ । यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

महासंघका अनुसार आईतबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL