Logo

आज एकैदिन सात सय रुपैयाँ प्रतितोला घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज एकैदिन सात सय रुपैयाँ प्रतितोला घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्यमा पनि तोलामा ३० रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL