Logo

नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः दुगड चयन, महासचिवमा अग्रवाल

नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः दुगड चयन, महासचिवमा अग्रवाल



काठमाडौं ।  नेपाल मैदा उद्योग संघको अध्यक्षपदमा पुन: कुमुदकुमार दुगड चयन  भएका छन् । शुक्रवार काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारण सभाले दुगडलाई निर्बिरोध चयन गरेको हो । 

सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दोस्रो उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ । 

सभाले मूल्य अघिवृद्धि करकाकारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेकोले  कर बिचार गरिदिन सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL