Logo

कोरोनाविरुद्धको खोप आयातको लागि बजेट प्रबन्ध भइसक्यो, देशभित्र कसैसँग सहयोग माग्दैनौं : अर्थमन्त्री पौडेल

कोरोनाविरुद्धको खोप आयातको लागि बजेट प्रबन्ध भइसक्यो, देशभित्र कसैसँग सहयोग माग्दैनौं : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोरोनाविरुद्दको खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताएका छन् ।

शनिबार ललितपुरमा एक कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तरराष्ट्रिय दातृ निकायहरुले सहयोग गर्नसक्ने व्यवस्था गरेको बताएका हुन् ।

उनले देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल नगर्ने पनि स्पष्ट पारे ।

सबै नेपालीलाई कोरोना विरुद्धको खोप निशुल्क उपलब्ध गराउने उनको भनाई छ । उनले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL