Logo

हिजो बढेको सुनको मूल्य आज घट्यो, प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार हुँदैं

हिजो बढेको सुनको मूल्य आज घट्यो, प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (विहिबार) सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाले घटेको हो ।

बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रुपैंयाले घटेको छ । आज चाँदीको मूल्य १२ सय ४५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL