Logo

सोमबार सुन प्रतितोला ८ सय रुपैयाँले ओरालो लाग्यो, चाँदीको मूल्य पनि घट्यो

सोमबार सुन प्रतितोला ८ सय रुपैयाँले ओरालो लाग्यो, चाँदीको मूल्य पनि घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ । आईतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार घट्दै प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार भने सुनको मूल्य गत हप्ताको शुक्रबारको तुलनामा १ हजार ५ सय रुपैयाँ प्रतितोलाले ओरालो लागेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले ओरालो लागेको छ । आईतबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL