Logo

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य चयन, ५५ सदस्यीय कार्यसमिति नै निर्विरोध

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य चयन, ५५ सदस्यीय कार्यसमिति नै निर्विरोध



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य चुनिएका छन् । महासंघको आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनले शाक्यलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरुमा मोहनकाजी शाक्य, दियेशरत्न शाक्य, र विपिन रामुदामु चयन भएका छन् ।

एसोसिएटस् उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर वज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा किरणभाइ वज्राचार्य र बाबुराम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । प्रवक्तामा मनोजकुमार शाह र सह(कोषाध्यक्षमा पद्मसुन्दर शाक्य छानिएका छन् ।

महासंघको ५५ सदस्यीय कार्यसमिति नै निर्विरोध चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL