काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नेभएपनि प्रधानमन्त्रीले आइतबार आकस्मिक बैठक डाकेका थिए ।
केहीबेर अघि बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
आज बस्ने राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति नेकपा प्रचण्ड नेपाल पक्ष तथा नेपाली काँग्रेसका सांसदले बिरोध गरेका छन् ।