Logo

सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँको गिरावट, चाँदीको मूल्य स्थिर

सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँको गिरावट, चाँदीको मूल्य स्थिर



काठमाडौं । शुक्रबार सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँको गिरावट आएको छ । बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार १ हजार ३ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL