Logo

नेपाल र चीनवीच पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौता, आयातको प्रक्रिया अघि बढ्यो

नेपाल र चीनवीच पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौता, आयातको प्रक्रिया अघि बढ्यो


बिजखबर संवाददाता
0
Shares

नेपाल र चीनबीच पेट्रोलियम पदार्थ आयातको सम्झौता भएको छ । भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको अवस्थामा चीनबाट व्यापारिक रुपमा तेल ल्याउने सम्झौता भएको हो ।

नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो–चाइना) बीच बुधबार दिउँसो सम्झौता भएको हो। इन्धन आयातको व्यावस्था मिलाउन बेइजिङ गएको नेपाली प्रतिनिधिमण्डलले चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र पेट्रो चाइनाका अधिकारीहरूसँग मंगलबार र बुधबार छलफल गरेपछि सम्झौता भएको हो।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रोल चाइनाका उपाध्यक्ष चाङ टोङबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा ‘चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ आयात गर्ने’ उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL