विद्या भण्डारी नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उनले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङ्लाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् । उनले गुरुङलाई भारी मतअन्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् ।
उनले खसेको कुल मतमध्ये ३ सय २७ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी गुरुङले २ सय १४ मतमात्र प्राप्त गरे । ८ मत भने वदर भएको छ ।
२०१८ सालमा जन्मेकी भण्डारी सानै उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय हुँदै आएकि छिन् । हाल उनी नेकपा एमालेको उपाध्यक्ष समेत छिन् ।