Logo

सिटिजन्स बैंकको लुकेको क्षमता खोज्न सिकाउने मनछुने भिडियो, अभिभावकलाई सन्देश (भिडियोसहित)

सिटिजन्स बैंकको लुकेको क्षमता खोज्न सिकाउने मनछुने भिडियो, अभिभावकलाई सन्देश (भिडियोसहित)



काठमाडौं । आफ्नो सन्तानलाई सफल भएको देख्न सबै अभिभावकले चाहन्छ । तर, सबैको सन्तान किन सफल हुँदैन ? यसको दुईवटा कारण छ, सन्तानको क्षमता बुझ्न नसकेर वा पहिचान गरेर पनि त्यसलाई वास्ता नगर्दा । सिटिजन्स बैंकले एउटा यस्तै मनछुने भिडियो बनाएको छ । जसले लाखौं अभिभावकलाई यही सन्देश दिएको छ ।


भिडियोमा एकजना नेहा नाम गरेकी केटी हुन्छिन्, जसलाई ‘कुकिङ’ मा निकै सोख हुन्छ । मिठो मिठो खाने सोखकै कारण घरमा बस्दाबस्दै उनी निकै राम्रो कुक बनिसकेकी हुन्छिन् । तर, उनकी आमाले उनको त्यो क्षमतालाई कहिलै बुझ्न सक्दिनन् ।

त्यसैले उनलाई नजानिँदो ढंगले हतोत्साहित गरिरहेकी हुन्छिन् । तर, नेहाले भने आफ्नो कलालाई सामाजिक सञ्जालमार्फत् प्रचार गरिरहेकी हुन्छिन् । उनको यो कलालाई देखेर उनले बनाएका परिकार खान चाहनेको संख्या बढ्दै गएको हुन्छ ।

तर, उनकी आमालाई आफ्नो छोरीको क्षमता त्यतिबेला मात्रै महशुस हुन्छ, जतिबेला अरुको मुखबाट नेहाको प्रशंसा सुन्छिन् । छोरीको क्षमतालाई बुझेपछि उनले छोरीकै नाममा ‘नेहा रेष्टुरेन्ट’ खोलिदिन्छिन्, त्यसमा सिटिजन्स बैंकले ऋण सहयोग गरेको हुन्छ ।

यो भिडियोले अभिभावक मात्रै होइन, सामाजिक सञ्जालमा धेरै क्रेज भएका युवाहरुलाई समेत आफ्नो क्षमतालाई व्यवसायिक क्रियाकलापसँग जोड्न प्रेरित गरेको छ । आफ्नो सपनालाई पूरा गर्ने आँट भर्ने काम समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL