काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि ७ कन्सल्ट्यान्टले प्रपोजल पेस गरेका छन् । काठमाडौं महानगरपालिकाले फहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने उदेश्यले सोको अध्ययनका लागि टेन्डर आवह्वान गरेको थियो ।
हाल प्रपोजल पेस गरेकामध्येबाट कन्सल्ट्यान्ट छनौटको काम भइरहेको महानगरपालिकाका पव्लिक प्राइभेट शाखा प्रमुख शिव अधिकारीले जानकारी दिए । ‘७ ओटा कन्सल्ट्यान्टले प्रपोजल पेस गरेका छन्’ उनले भने अव त्यसबाट एउटा छानेर अध्ययनको जिम्मा दिनेछौं ।’ कन्सल्ट्यान्ट टनोट गरेर तिहार अघिदेखि नै अध्ययन कार्य अगाडी बढाइने उनले जानकारी दिए ।
अधिकारीका अनुसार अध्ययनबाट कन्सल्ट्यान्टले जम्मा फाहोर व्यवस्थापनबाट संकलन हुने रेभिनयु, तथा कस्टको डाटा निकाल्ने छ । अध्ययन सुरु गरेको ४ महिनाभित्र रिपोर्ट निकाल्नुपर्ने छ ।
त्यसलगतै फोहोर व्यवस्थापनका लागि टेन्डर खुलाइने अधिकारीले जानकारी दिए । त्यसपछी आएका प्रपोजलमधयेबाट उत्कृष्ट छानी टेन्डर गरेर डिस्पोज तथा संकलनको जिम्मा दिइने बताइएको छ ।
निजी कम्पनीले जम्मा रेभिन्यु बाट ४० प्रतिशत महानगरपालिकालाई बुझाउनु पर्नेछ । उपत्यकाको फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यका साथ जिम्मा दिन लागिएको उनले जानकारी दिए । हाल महानगरपालिकासँग फोहोर उठाउने २ सय ५० भन्दा बढी गाडी छ । त्यस्तै ९ सय कर्मचारी फोहोर उठाउन ।
हाल महानगरपालिकाले दैनिक ३ सय टन फोहोरबाट बार्षिक ४ करोड रेभिन्यु उठाउँदै आएको छ ।