Logo

बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति ३ सयले बढेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL