Logo

आज ललितपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने, यस्तो छ बिजुली काटिने समय

आज ललितपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने, यस्तो छ बिजुली काटिने समय



काठमाडौं । ललितपुरका विभिन्न ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ । पुलचोक वितरण केन्द्रको रिंगरोड फिडरअन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।


यस्तै प्राधिकरणले निर्धारित समय अगावै ट्रान्सफर्मर जडानको काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत आउने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL