राष्ट्रपति चयनका लागि संसदमा मतदान सुरु भएको छ । मतदान संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बिहान ११ बजेदेखिसुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरिसकेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी र कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।
सत्तापक्षको साझा उम्मेदवार भण्डारी राष्ट्रपतिमा निवार्चित हुने लगभग पक्का छ । उनलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक सहित सत्तारुढ गठबन्धनको समर्थन छ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विद्याको पक्षमा ३५० भन्दा बढी मत खस्ने दाबी गरेका छन् ।