काठमाडौं । उद्योगी पवन गोल्यान औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा नियुक्त भएका छन् ।
औद्योगिक प्रवर्द्धन, लगानीको संरक्षण, अभिवृद्धिलगायतको काम बोर्डले गर्दै आएको छ ।
सोही बोर्डमा नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयबाट विज्ञ उद्योगीको रुपमा गोल्यान उनलाई सदस्यमा नियुक्त गरिएको हो ।
बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था रहेको छ ।