एकिकृत नेकपा माओवादीले आफ्ना पार्टीबाट सरकारमा संलग्न मन्त्रीहरुका लागि आचार संहिता बनाएको छ । मन्त्रीले स्वकीय सविच र निजी सविचमा आफन्त नियुक्त गर्न नपाउने गरी आचार संहिता बनाएको छ ।
माओवादीले विभिन्न ३२ बुँदे आचार संहिता बनाएको हो । जसमा अति आवश्यक काम वाहेक अन्य विषयमा विदेश भ्रमण गर्न नपाइने, आफ्ना परिवारका सदस्यबाट सरकारी काममा हस्तक्षेप गर्न नपाइने जस्ता बुँदाहरु समाबेश गरेको छ ।
यसैगरी माओवादीले आफ्ना मन्त्रीहरुका लागि १५ बुँदे मार्गनिर्देशन पनि दिएको छ । जसमा शान्ति सुरक्षा, सुशासन, भ्रष्टाचार तथा महंगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न समेत निर्देशन दिएको हो ।
पार्टी उपाध्यक्ष नाराणकाजीको संयोजकत्वमा गठित ७ सदस्यीय सरकार संचालन सहयोग तथा समन्वय समितिले उक्त आचारसंहिता बनाएको हो ।