चीनले नेपाललाई अत्यावश्यक वस्तुहरुको आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । भारतीय नाकाबन्दीले नेपालमा जारी इन्धन आपूर्तिको संकट हटाउन सहयोगको प्रतिवद्धता व्यक्त गरेको हो ।
चिनिया विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले छिमेकीका नाताले नेपालमा कायम इन्धन अभावलाई पूर्ति गर्न तयार भएको बताए । सो अवसरमा उनले यस विषयमा नेपाली पक्षसित आफूहरु निकट सम्पर्कमा रहेको समेत जानकारी दिइन् ।
हाल इन्धन आपूर्तिका लागि पहल गर्न हाल नेपालको प्रतिनिधिमण्डल चीन भ्रमणमा छ । चीनले यसअघि नेपाललाई १ हजार मेट्रिक टन अर्थात १३ लाख लिटर पेट्रोल अनुदान दिने प्रतिवद्धता जनाइसकेको छ ।