Logo

बेलायतमा देखिएको भाइरस कोरोना नै हो, नयाँ भाइरस होइन : जनस्वास्थ्यविद् पाण्डे

बेलायतमा देखिएको भाइरस कोरोना नै हो, नयाँ भाइरस होइन : जनस्वास्थ्यविद् पाण्डे



काठमाडौं । बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं | यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन | भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहहन्छ | त्यहि क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो |

पुरानो कोरोना भाइरसभन्दा यो ७० % बढी सर्न सक्दछ | उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० % बढी अर्थात १७०० जनालाई संक्रमण गराउन सक्छ |यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ | आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन |

यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो |अन्य व्यक्तिसंग भेट्दा मास्क सहि तरिकाले अनिबार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट / बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन |

आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो ब्यायाम गर्ने ( जाडोमा मर्निंग वाक नगर्नु राम्रो ), तनाब नलिने, राति ८-९ घण्टा सुत्ने, मौसमी फलफुल खाने, औषधिसेवीले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै संगै जानेछ |

जेष्ठ नागरिक तथा दीर्घबिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो | गलत सुचना नै तनाबको स्रोत हो | तसर्थ आधिकारिक समाचार मात्र हेर्ने / पढ्ने, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने तथा नकारात्मक समाचार नहेर्ने गर्नु नै तनाब कम गर्ने मुख्य उपाय हुन् |

प्रतिक्रिया दिनुहोस्
MBL