Logo

नयाँ वर्षमा आइएमई पेको नयाँ अफर, मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

नयाँ वर्षमा आइएमई पेको नयाँ अफर, मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले नव वर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

उक्त क्यासब्याक आफ्नै मोबाइल नम्बरको लागि मात्र लागू हुनेछ जुन आफ्नै आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले उक्त क्यासब्याक अफरको लाभदायी हुनका लागि क्यास ब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आईएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य हुने जानकारी दिएको छ ।

यस्तै बिभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यासब्याक प्राप्त हुने छैन । प्रत्येक उपयोगकर्ताले १ सय रुपैयाँ प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL